पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण

काठमाडौं । कोरोना भाइरसबाट लगातार एकपछि अर्काे गर्दै विश्वका उच्च पदस्थ व्यक्तिहरु संक्रमित बनिरेहका छन् । कोरोनाका कारण अहिलेसम्म सारा विश्वमा २८ हजार ६६२ जनाको मृत्यु भईसकेको छ ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानमा पनि कोराना पोजेटिभ देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रिपब्लिकका अनुसार कोरोनाको परिक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ पाइएको हो ।

प्रधानमन्त्री स्वयंलाई कोरोना लागेपछि अहिले पाकिस्तानमा खलबली मच्चिएको छ । पाकिस्तानमा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ भने, १४ सय १५ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

तर पाकिस्तानका विज्ञान तथा प्रौद्योगिक मन्त्री फवाद चौधरीले यो खबर सरासर झुटो भएको र प्रधानमन्त्री स्वस्थ रहेको बताएका छन् ।

उनले एक ट्वीट गर्दै पत्रकारले बिना जानकारी गलत तथ्य सार्वजनिक गर्न नहुने, र एक पत्रकारको जसरी नै काम गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?