रेडक्रसद्वारा एक हजार थान मास्क वितरण

वालिङ । वालिङ नगरपालिकाभित्र क्रियाशील रेडक्रस उपशाखाहरुले शुक्रवार एकहजार थान मास्क वितरण गरेका छन् ।

नगरपालिकाअन्तर्गतका क्रियाशील रेडक्रसका विभिन्न सात उपशाखाहरुको पहलमा ल्याइएको मास्क नगरस्थित दैनिक खटिने सङ्घसंस्थालाई वितरण गरिएको मास्क सङ्कलन तथा वितरण कार्यक्रमका संयोजक एवं पेखु बाघखोर उपशाखाका सभापति विष्णुप्रताप खाँणले बताए।

नगरपालिकाभित्रका रेडक्रस सोसाइटीका क्रियाशील सात संस्थाको भेलाले कोभिड–१९ को संक्रमण रोकथामका लागि प्रारम्भिक कदमस्वरुप तत्काल १२ हजार मास्क तयार गर्ने र प्रत्येक उपशाखामा दुई हजारका दरले स्वास्थ्य संस्था तथा अन्य अत्यावश्यकीय संस्थाहरुमा वितरण गर्ने निर्णय गरेबमोजिम पहिलो चरणमा शुक्रवार वालिङमा एक हजार थान मास्क वितरण गरिएको संयोजक खाँणले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?