काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज कोरोना भाइरसको रोकथाम र उपचार गर्न आवश्यक सामग्री लिन चीनतर्फ गएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निगमको वाइडबडी-४१७१ जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ गएको जानकारी दिए ।
उनका अनुसार आज गएको विमानले औषधि उपकरण लिएर आज राति १ बजे आउनेछ ।
चीन सरकारले नेपाललाई कोभिड-१९ को रोकथाम र उपचारका लागि औषधि र उपकरण उपलब्ध गराउँदैछ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया