काठमाडौं । भारतमा एकजना कोरोना भाइरस संक्रमितले गर्दा ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखिएको छ । पञ्जाब राज्यका कोरोना संक्रमित एक व्यक्तिले गर्दा २० गाउँका ४० हजार मानिस पञ्जाब सरकारले क्वारेन्टाइनमा राखेको बीबीसीले जनाएको हो ।
इटली र जर्मनी भ्रमण गरेर भारत फर्किएका एक ७० वर्षीय धर्म प्रचारक गुरुका कारण ४० हजार मानिस क्वारेन्टाइनमा जानु परेको हो । ती धर्म प्रचारक वृद्धको भने कोरोना संक्रमणबाट मृत्यु भइसकेको बताइएको छ ।
होम क्वारेन्टाइनमा बस्न भनिएका ती वृद्धले नियमको पालना नगरि विदेशबाट फर्किएपछि शिख धर्मावलम्बीको ठूलो पर्व होला मोहल्लामा समावेश भएका थिए। होलाको अवसरमा आयोजीत मेलामा प्रत्येक दिन १० हजार मानिस उपस्थित भएका थिए । उनको प्रत्यक्ष सम्पर्कमा आएका मानिसको पहिचान गर्दै उनी घुमेका गाउँका मानिसलाई समेत क्वारेन्टाइनमा राखिएको हो ।
हाल उनको परिवारलाई समेत कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । हालसम्म भारतमा कोरोनाको संक्रमणबाट २० जनाको मृत्यु भइसकेको छ भने ९०८ जना संक्रमित छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया