काठमाडौं । इरानमा कोरोना भाइरस ठिक हुन्छ भनेर मिथानोल पिउँदा ३०० जनाको मृत्यु भएको छ । मिथानोलले कोरोना ठिक हुन्छ भन्ने हल्लाको भरमा पिउँदा हजार बढी बिरामी भएका भने ३ सय जनाको मृत्यु भएको हो ।
समाचार वेबसाइट डेली मेलले इरानी मिडियाको हवाला दिँदै मिथानोल कम्तिमा पनि १० हजारभन्दा धेरैले पिएको जनाएको छ ।
इरानमा २३७८ जनाको कोरोनाका कारण मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । इरानमा कोरोना भाइरसका संक्रमितको संख्या ३२३३२ पुगेको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया