काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा बाबु छोरीको एकैदिन निधन भएको छ । बाबु लण्डनको हिथ्रो विमानस्थलको टर्मिनल ३ मा काम गर्ने ६१ वर्षीय एक आप्रवासी कामदार हुन् । भने बाबुको मृत्यु भएको २४ घन्टाभित्रै उनको ३३ वर्षीया छोरीको पनि ज्यान गएको सञ्चार माध्यमले जनाएका छन् ।
गत ७ जनवरीमा अन्तिमपटक उनी काममा आएकाले ड्युटीको क्रममा उनलाई कोरोना भाइरसको संक्रमण नभएको अधिकारीहरुले बताएका छन् । उनलाई बाहिरैबाट संक्रमण भएको बताइएको छ । उनी आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै बिदामा बसेका थिए । साथै पछिल्लो समय काममा फर्किँदा भने उनीमा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ ।
स्रोतको अनुसार गत बुधबार उनको निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया