काठमाडौं । कारोना भाइरस कोभिड–१९ को संक्रमण रोकथामका लागि सरकारले अवलम्बन गरेको लक डाउनले पोखरामा अलपत्र परेका पर्यटकलाई आज श्री एयरलाइन्स र पर्यटक बसबाट काठमाडौं ल्याइने भएको छ ।
आज श्री एयरलाइन्स र पर्यटकबसबाट काठमाडौं ल्याइनेव्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ । प्रहरीले शुक्रबार ५८ जना विदेशी पर्यटक चार्टर जहाजबाट काठमाडौं आएका र त्यसअघि फ्रान्सेली दूतावासले ५९ जना आफ्ना नागरिकलाई बुद्ध एयर चार्टर गरेर काठमाडौं लगेको सकेत बताएको छ ।
आज श्री एयरलाइन्सले करीब एक सय ५० जना जतिलाई काठमाडौँ लाने व्यवस्था भएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया