अब यसरी मात्र लड्न सकिन्छ कोरोनाविरुद्धको युद्ध…

काठमाडौं । कोरोना भाइरसले सारा विश्वलाई नै तहसनहस बनाइदिएको छ । लाखौँ मानिसहरु भाइरसको संक्रमणबाट ग्रसित छन् । र सारा विश्वमा अहिलेसम्म ३४ हजार ७ जनाको मृत्यु भईसकेको छ ।

नेपालमा पनि कोरोना भाइरसका ५ जना संक्रमित अहिलेसम्म फेला परेका छन् ।

साथै सरकारले एक अर्कामा सोसल डिस्टेन्स बनाएर बस्न अपिल गरेको छ । डाक्टरहरुले पनि सोसल डिस्टेन्सले मात्रै भाइरस फैलिनबाट रोक्न सकिने बताइरहेका छन् ।

यसैबीच सोसल मिडियामा यस सम्बन्धिकै भिडियो सार्वजनिक भएको छ । भिडियोको सहयोगबाट तपाईहरुले सहजै कोरोनाको प्रकोपलाई फैलिनबाट रोक्न सक्नुहुनेछ ।

कोरोना भाइरस विश्वभरमा फैलिइसकेको छ । तर अहिलेसम्म कोरोना भाइरस विरुद्धको औषधी कसैले बनाउन सकेको छैन ।

https://twitter.com/sakariya_dilip/status/1242780915106869253

यसलाई हराउनको लागि सोसल डिस्टेन्सिङ, लकडाउन र सेल्फ आइसोलेशन अपनाईरहेका छन् । कोरोनालाई हराउनको लागि नेपालमा पनि सबै किसिमका नीतिनियमहरुको पालना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?