कोरोना : अस्पतालबाट फर्किएका बुबालाई अँगालो हाल्न नपाउँदा डाको छोडेर रोए यी बालक

काठमाडौं । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस अहिलेसम्म सारा विश्वमा नै फैलिइसकेको छ । लाखौँ मानिसहरु यसको संक्रमणबाट ग्रसित छन् । तर सबैभन्दा ठूलो कुरा त अहिलेसम्म पनि कोरोनाको औषधी बन्न सकेको छैन ।

कोरोनाबाट बच्न र सतर्कता अपानाउन भन्दै धेरै देशहरुले आफूलाई लकडाउन गरेका छन् । सरकारले सबैलाई घरबाट बाहिर ननिस्कन अपील समेत गरेको छ ।

तर लकडाउनमा पनि डाक्टरहरु रात दिन बिरामीहरुको उपचारमा तल्लिन छन् । यसैबीच एक डाक्टरको भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा डाक्टर आफ्नो घर आईरहेको र उनको सानो छोरा उसलाई अँगालो हाल्नका लागि उनीतिरै दौडिरहेको देख्न सकिन्छ । तर डाक्टरले आफ्नो छोरालाई रोक्छन् ।

सानो छोरा आफ्नो बुवालाई अँगालो हाल्न नपाएपछि त्यही बसेर रुन थाल्दछ । गल्फ न्युजका अनुसार भिडियोमा देखिएका डाक्टरको नाम नासिर अली रहेको छ ।

उनी दुबईको किंग सलमान अस्पतालमा काम गर्दछन् । र अहिले भने उनी कोरोनाबाट ग्रसित व्यक्तिहरुको उपचार गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?