काठमाडौं । ब्रिटेनमा प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना पोजिटिभ पाइएको छ ।यस बारेमा उनले स्वयं नै एक भिडियोको माध्यमबाट जानकारी दिएका थिए ।
उनले भने, ‘पछिल्लो २४ घण्टामा मलाई केहि कोरोनाका लक्षणहरु देखिएका छन्, म त्यसको महशुस गरिरहेको छु ।’ बोरिसले स्वयंलाई आइसोलेट गरिसकेको बताएका छन् ।
Over the last 24 hours I have developed mild symptoms and tested positive for coronavirus.
I am now self-isolating, but I will continue to lead the government’s response via video-conference as we fight this virus.
Together we will beat this. #StayHomeSaveLives pic.twitter.com/9Te6aFP0Ri
— Boris Johnson (@BorisJohnson) March 27, 2020
साथै उनले भिडियो कन्फ्रेसिङको माध्यमबाट भने सरकारको कामहरु जरी राख्ने उनले बताएका छन् । उनले भने, ‘हामी भाइरससँग लडिरहेका छौँ र सबै मिलेर यसलाई हराउनेछौँ ।’
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बोरिस जोनसनलाई एक योद्धा भएको र कोरोनाबाट छिटै ठिक हुने बताएका छन् ।
मोदीले ट्वीटरमा ट्वीट गर्दै लेखेका छन्, ‘तपाई एक योद्धा हो, र तपाईले यस चुनौतीलाई पनि जित्नुहुनेछ । तपाईको स्वास्थ्यका लागि प्रार्थना र स्वस्थ युके सुनिश्चित गर्नका लागि शुभकामना ।’

ब्रिटेनमा कोरोना भाइरसका कारण अहिलेसम्म ७ सय ५९ जनाको ज्यान गएको छ भने १४ हजार ५ सय ४३ जना कोरोनाका संक्रमित पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया