अब छिट्टै कोरोनाको महामारी समाप्त हुने नोबेल पुरस्कार विजेता वैज्ञानिकको दाबी

काठमाडौं । कोरोनाले सारा विश्व त्रसित र आक्रान्त भइरहेका बेला नोबेल बिजेता वैज्ञानिकले अब चाँडै कोरोनाको महामारी सकिने बताएका छन् ।

स्ट्यानफोर्ड युनिभर्सिटीका बायोफिजिसिस्ट तथा नोबेल पुरस्कार विजेता डाक्टर माइकल लेविटले कोरोना भाइरसलाई लिएर यस्तो भविष्यवाणी गरेका हुन् । वैज्ञानिकका अनुसार कोरोना भाइरस अब केही दिनको पाहुना मात्रै हो।

विश्वभर फैलिएको कोरोनाभाइरसको प्रभाव अब खत्तम हुने अवस्तथामा रहेको छ । अब आउनेवाला दिनमा माहोल सुधारिँदै जाने छ ।

नोबेल पुरस्कारबाट सम्मानित वैज्ञानिक स्टायनफोर्ड बायोलिजिस्ट माइकल लेबिटले दाबी गरेका छन् कि, अब कोरोनाबाट विश्वले छुटकारा पाउने बेला आएको छ ।

माइकल तिनै वैज्ञानिक हुन् जसले चीनमा कोरोनाबाट हुने क्षति र अवस्थाको सटिक भविष्यवाणी गरेका थिए ।

माइकलले सन् २०१३ मा नोबेल पुरस्कार जितेका थिए । लस एन्जल्स टाइम्स्लाई दिएको एक अन्तर्वार्तामा उनले कोरोनाबाट विश्व जगत जति त्रसित भएको छ, वास्तवमा अवस्था त्यति भयावह नभएको बताएका छन् ।

उनको यो अभिव्यक्तिले विश्वभरका मानिसलाई केही राहात भने मिलेको छ ।

माइकलको यो अभिव्यक्ति यसकारण पनि महत्वपूर्ण छ कि, उनले पहिले चीनमा फैलिएको कोरोनाको नियन्त्रणबारे सही समयको आँकलन गरेका थिए ।

विश्वभरका विश्लेषकले चीनमा कोरोना नियन्त्रण गर्न समय लाग्ने बताइरहँदा उनले चीनमा कोरोना संक्रमण घटिरहेकाले यो चाँडै नियन्त्रणमा आउने बताएका थिए ।

माइकलले एक ब्लगमार्फत चीनमा कोरोनाको मृत्युदर घटिरहेकाले यो छिट्टै नियन्त्रणमा आउने बताएका थिए ।

माइकलले गरेको उक्त अनुमान सही साबित भयो पनि र चीनमा मार्चको पहिलो सातादेखि कोरोनाबाट भईरहेको मृत्युमा उल्लेख्य कमी आयो ।

अहिले चीनको अर्थतन्त्र पनि पहिलेको बाटोतर्फ अग्रसर बनिरहेको छ। कोरोनाको संक्रमणबाट सबैभन्दा प्रभावित चीनको हुवेई प्रान्त पनि लामो लकडाउनपछि खुल्ने क्रममा छ ।

माइकलले चीनमा कोरोनाबाट हुने मृत्युको पनि भविष्यवाणी गरेका थिए । उनले चीनमा कोरोनाबाट ३२५० जनाको मृत्यु हुुने भविष्यवाणी गरेका थिए भने ८० हजार संक्रमित हुने विश्लेषण गरेका थिए । तर विश्वका कतिपय विश्लेषकहरुले लाखौँ चिनियाँको यो भाइरसबाट मृत्यु र संक्रमित हुने बताएका थिए । माइकलको अनुमान बमोजिम चीनमा अहिले ३२८७ जनाको कोरोनाबाट मत्यु भएको छ भने ८१२८५ जना यसबाट संक्रमित भएका छन् ।

माइकल लेबिटले अमेरिकामा पनि कोरोना संक्रमण चाँडै नै नियन्त्रणमा आउने बताएका छन् । उनका अनुसार यसका लागि अमेरिकाले विशेष कदम चाल्नुपर्नेछ ।

माइकलले कोरोनाबाट बच्ने र नियन्त्रण गर्ने सबैभन्दा उत्तम विकल्प भनेको सामाजिक दूरी भएको बताएका छन् । उनका अनुसार विश्वका धेरै मानिसमा यो भाइरससँग लड्ने क्षमता छैन । त्यसैले मानिसहरु बीच दुरी कायम राख्नुपर्ने उनले धारणा राखेका छन् ।

कोरोनाभाइरस विश्वबाट चाँडै नै हराए पनि यसले अर्थतन्त्रमा पारेको प्रभाव भने दीर्घकालसम्म देखिने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

एजन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?