कोरोना भाइरस संक्रमित व्यक्ति कैलालीका स्थानीय

काठमाडौं । कोरोना भाइरस संक्रमित चौथो व्यक्ति कैलालीको धनगढीका स्थानीयबासी भएको पुष्टि भएको छ । उनी दुबईबाट नेपाल आएको भएपनि कहिले आएको भन्नेबारे खुल्न बाँकी छ । ती बिरामी गत चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

यस्तै, काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमित व्यक्ति ३४ वर्षका पुरुष रहेको र चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएको बताएपनि थप विवरण संकलनको क्रममा रहेको बताएका थिए ।

https://www.facebook.com/mohpnep/videos/2421353964842404/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?