कोरोनासँग लड्न इजरायलले खोल्यो युद्ध बंकर

काठमाडौं । इजरायल सरकारले कोरोना भाइरसको प्रसारको विरुद्धमा आफ्नो अभियानमा यरुशलमको पहाडमा स्थित एक युद्ध बंकर खोलिदिएको छ ।

नेशनल म्यानेजमेन्ट सेन्टर नामको बंकर लेवनानी इस्लामबादी आन्दोलन हिजबुल्लाह वा फिलिस्तानी आतंकवादी समुह हमासबाट ढुङ्गा उठाउनको लागि करिब एक दशक पहिला बनाइएको थियो ।

इजरायली अधिकारीहरुका अनुसार यस बंकरमा मानिसहरुलाई बस्न देखि लिएर सबै सुख सुविधाहरु छन् ।

यो बंकरले कोरोना भाइरसको प्रबन्धन, नियन्त्रण, निगरानी र ट्र्याकिङका लागि काम आउँदछ । अधिकारीहरुका अनुसार यो संकट होउन्जेल सम्म् बंकले निगरानी राख्ने छ ।

इजरायलमा अहिलेसम्म ३ हजार ३५ संक्रमित छन् भने ११ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?