कोरोना : यो शहर बनिरहेको छ मसान घर, घरमा सडिरहेका छन् शव

काठमाडौं । कोरोना भाइरसका कारण संसारकै शक्तिशाली देशहरुको समेत हालत डरलाग्दो छ । अमेरिका कोरोना संक्रमणको मामिलामा चीन भन्दा अगाडि पुगिसकेको छ ।

एक रिपोर्टका अनुसार अमेरिकामा २४ घण्टामा १६ हजार मानिसहरु कोरोनाको चपेटामा परेका छन् । त्यस्तै स्पेनमा कोरोनाको महामारी अत्याधिक फैलिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै स्पेनमा कोरोनाका कारण ७१८ जनाको मृत्यु भएको छ । भने अहिलेसम्म स्पेनमा ४ हजार ८ सय ५८ जनाको मृत्यु भईसकेको छ ।

स्पेनको रियल मड्रिड शहरको हालत यस्तो भएको छ कि, १०० मध्ये ८० जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

कोरोनाको कारण स्पेनमा मृतकको संख्या हरेक दिन अत्याधिक बढिरहेको छ । स्पेन सरकारले १४ मे देखि लक डाउन पनि गरिसकेको छ ।

लक डाउनका कारण शहर भूत घर जस्तै बनेको सञ्चारमाध्यमहरुले बताएका छन् । स्पेनको पूरा शहर नै खाली भएको छ ।

मड्रिडका अधिकांश घर र केयर होम्समा शवहरु यत्रतत्र देखिन थालेका छन् । तर उक्त शवहरु उठाउने वाला कोहि नहुँदा पूरा शहर नै भूतीया शहरमा परिणत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

त्यहाँको स्थितिलाई देखेर चीनले स्पेनलाई सहयोग गर्ने बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?