काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्वमा हाहाकार मच्चिएको छ । दिनमै हजारको संख्यामा भाइरसका कारण मृत्यु भईरहेको छ ।
कोरोना भाइरसका कारण सारा विश्वमा अहिलेसम्म ५ लाख ४९ हजार ३ सय २४ जना संक्रमित भएका छन् भने २४ हजार ८७२ जनाको मृत्यु भईसकेको छ ।
नेपालमा पनि ३ जनामा कोरोनाको संक्रमण देखा परेको छ । अहिले सम्म संक्रमित एक जना उपचार पछि घर फर्किइसकेका छन् भने अन्य दुई जनाको टेकुमा उपचार भईरहेको छ ।
स्पेनमा तीव्र गतिले फैलिँदै कोरोना
युरोपीय देश स्पेनमा कोरोनाले लगातार अत्याधिक मानिसहरुको ज्यान लिइरहेको छ ।
बिहीवार मात्रै स्पेनमा सबैभन्दा धेरै ७ सय १८ जनाको निधन भएको थियो । स्पेनमा अहिलेसम्म भाइरुसबाट मर्नेको संख्या ४ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ भने ६४ हजार ५९ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
इटालीमा ८ हजार भन्दा धेरैको मृत्यु
युरोपीय देश इटालीमा कोरोना भाइरसको प्रभाव सबैभन्दा धेरै परेको छ । कोरोनाका कराण इटालीमा अहिलेसम्म ८ हजार २ सय ५१ जनाको मृत्यु भएको छ ।
साथै पछिल्लो २४ घण्टामा इटालीमा भाइरसबाट मर्नेको संख्या ६ सय ३८ पुगेको छ । र इटालीमा आज मात्रै ६हजार २ सय ३ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
ईटालीमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या ८० हजार ५ सय ८९ पुगेको छ ।
अमेरिकामा एकै दिनमा १६हजार मानिस संक्रमित
अमेरिकामा कोरोना भाइरसका संक्रमितहरु अहिलेसम्मकै उच्च रहेको छ । गएको २४ घण्टामा कोरोना संक्रमितहरु अमेरिकामा १६ हजारले बढेका छन् ।
कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म १३ सय ४ जनाको मृत्यु भएको छ भने ८५ हजार ७ सय ४९ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया