बेलायती प्रधानमन्त्री जोन्सनलाई कोरोना संक्रमण, गरे यस्तो ट्वीट !

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन् । उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताएका छन् ।

बेलायतमा अहिलेसम्म ११ हजार ६ सय ५८ जनामा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ जनाको मृत्यु भइसकेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?