काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-११ कपन पैयुँटारबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर बेलका नगरपालिका-१ घर भई हाल काठमाडौं चाबहिल बस्ने २४ वर्षीय अरुण खड्का र दाङ घर भई हाल ललितपुर एकान्तकुना बस्ने २३ वर्षीय सबल केसी रहेका छन् । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै सिरहा, मिर्चैया नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४ ग्राम र नगद १५ हजार १ सय ३० रुपैयाँ सहित नरहा गाउँपालिका ३ बस्ने २२ वर्षीय सुन्दर कुमार सिंहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले स.२ प ९२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया