काठमाडौं । इटलीमा बिरामीको उपचार गर्दा आफैलाई कोरोना भाइरस संक्रमण भएपछि नर्सले आत्महत्या गरेकी छन् । इटलीको सान जेरडा अस्पतालमा कायरत नर्स ३४ वर्षीया डानिला ट्रेजीले कोरोनाको कारण आत्महत्या गरकी हुन् ।
संक्रमितको उपचारमा कार्यरत भइरहँदा उनलाई पनि कोरोना भाइरस सरेको हो । कोरोना संकमण भएपछि अस्पतालले उनलाई मार्च १० देखि ड्युटी मुक्त गरेको थियो । ड्युटी मुक्त भएपछि उनी घरमै बस्दै आएकी थिइन ।
उनले घरमै आत्महत्या गरेकी हुन् । नर्स डानिलाले आफुलाई लागेको कोरोना अरुलाई नसरोस् भनेर मृत्युको बाटो रोजेकी आत्महत्या गर्नुअघि आफ्नो नोटमा उल्लेख गरेकी छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया