ग्राहक नभएको भन्दै व्यापारी खोलेनन् पसल

काठमाडौँ। सरकारले देशमा लकडाउन गरे पनि दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्न पसल खुल्ला राख्न भनेको छ तर व्यापारीले भने ग्राहक नभएको भन्दै खुला राखेका छैनन् ।

सरकारी मातहतमा रहेको साल्ट टे«डिङ कर्पोरेसनले समेत आफ्नो बिक्री केन्द्र बिहीबार २ बजे नै बन्द ग¥यो ।

कर्पोरेसनका प्रवक्ता ब्रजेश झाले पसलमा ग्राहक नै नआएपछि दिनभरि खोल्नुको अर्थ नरहेको बताए । सडकमा मान्छे हिँड्न नदिने अनि पसल खोलेर मात्रै के गर्ने ? यस विषयमा स्पष्ट नभएसम्म पसल मात्रै खोलेर अर्थ नहुने उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?