मलाई चुनावमा हराउने रणनीति हुँदैछ : राष्ट्रपति ट्रम्प

काठमाडौं । महामारी बनिसकेको कोारेना भाइरसका कारण अहिले सारा विश्वमा हाहाकार मच्चिएको छ ।

संसारका लगभग आधा मानिसहरु आफूलाई घरभित्रै थुनेर राख्न विवश छन् । कोरोना महामारी समस्या सारा विश्वले नै झेलिरहेको छ, जसमध्येको एउटा राष्ट्र अमेरिका पनि हो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो बयान जारी गरेका छन् । उनलाई कोरोनाका कारण आफूले चुनाव हार्न सक्ने डरले सताइरहेको छ ।

राष्ट्रपति ट्रम्पले केहि मानिसहरु कोरोनालाई लिएर अफवाह फैलाईरहेको बताएका छन् ।

साथै उनले झुटा खबरहरुलाई ल्याएर देशको अर्थव्यवस्थालाई बन्द गर्न चाहने र केहि शक्तिहरुले आफूले चुनाव हारोस् भन्ने चाहेको बताएका छन् ।

ट्रम्पले वुधवार ह्वाइट हाउसमा कोरोनाभाइरसको बारेमा ब्रिफिंग गर्दै मिडियाले आफूले चुनाव हारेको देख्न चाहेको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग नराम्रा समाचारको माध्यमबाट देशको अर्थ व्यवस्था बन्द गर्न चाहेको बताउँदै आफूलाई चुनाव हराउन केहि शक्ति लागिपरेको बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?