काठमाडौं । कान्ती बाल अस्पतालले अत्यावश्यक नपरिकन अस्पतालमा नआउन एक सूचना प्रकाशित गर्दै सम्पूर्णमा अनुरोध गरेको छ ।
आज एक सूचना प्रकाशित गर्दै अस्पतालले सम्पूर्णमा अति आवश्यक नपरि अस्पताल नआउन आग्रह गरेको हो ।
अस्पतालले स्वास्थ्य सेवा सम्बन्धी कुनै जानकारी चाहिएका तपशिल नम्बरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
यसैबीच अहिलेसम्म कोरेनाका कारण २२ हजार २ सय १० जनाको मृत्यु भईसकेको छ भने, ४ लाख ९४ हजार १ सय ६जनामा कोरोनाको संक्रमण देखा परेको छ ।
कोरोनाको महामारीबाट बच्नका लागि नेपाल सरकारले पनि पूरै नेपाल हप्ता दिनका लागि लक डाउन गरिसकेको छ ।
नेपालमा अहिलेसम्म कोरोनाको ३ जना संक्रमितहरु देखा परेकोमा एक जनालाई उपचार पछि घर पठाइएको छ र बाँकी २ जनालाई टेकुमा उपचार गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया