‘कर्फ्यू’का बेला सडक दुर्घटना हुँदा मिश्रमा १५ जनाको मृत्यु

काठमाडौं । कोरोनाका कारण अहिललेसम्म सारा विश्वमा २२ हजार २ सय १० जनाको मृत्यु भईसकेको छ । साथै ४ लाख ९४ हजार १०६ जनामा यसको संक्रमण देखा परेको छ ।

कोरोना फैलिनबाट रोक्नको लागि बिभिन्न देशहरुले अनेक उपाय अपनाइरहेका छन् । यसैबीच मिश्रमा एउटा दुखद घटना भएको छ ।

मिश्रको राजधानी काहिरामा एक भीषण सडक दुर्घटना भएको छ । दुर्घटनामा परेर १५ मानिसहरुको मृत्यु भएको छ ।

अधिकारीहरु र स्थानीय मिडियाका अनुसार एक ट्रेलर ट्रक अनियन्त्रित भएर फ्रिवेमा रहेका बिभिन्न सवारीसँग ठोक्किँदा १५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परेर एक दर्जन भन्दा धेरै मानिसहरु घाइते भएका छन् । कोरोना भाइरसको महामारीका कारण मिश्रमा ‘कर्फ्यू’ लगाइएको छ ।

‘कर्फ्यू’ लगाइएको केहि घण्टामै उक्त दुर्घटना भएको हो । निर्माण सामाग्रीले भरिएको ट्रकले सडक छेउमा रोकेर राखेका सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?