काठमाडौं । विश्वभरका वैज्ञानिकहरु कोरोना भाइरसको भ्याक्सिन बनाउन र महामारी फैलिनबाट रोक्नेको बाटो खोज्नमा लागेका छन् । र केहि इनोभेटर्स भने त्यो भन्दा केहि अगाडि पुगिसकेका छन् ।
नयाँ इमर्जेन्सी भेन्टिलेटर, भाइरस मार्ने वाला मास्क र ह्यान्ड फ्रि ३ डी प्रिन्टेड डोर ह्यान्डल, यो नयाँ इनोभेसन हुन् जो सफल पनि भएका छन् ।
साथै यी सामानहरुको प्रयोग पनि शुरु भईसकेको छ । केहि दिन अगाडि जर्मनीमा छलफल गरिएको थियो जसबाट ८ सय भन्दा धेरै आइडिया मिलेको थियो ।
१. कोभिड इमर्जेन्सी भेन्टिलेटर
कार्मथलेनको ग्लैंगविली अस्पतालका डा. रायन थामसले इमर्जेन्सी भेन्टिलेटर बनाएका हुन् । जसले हावामा रहेका घातक कणहरुलाई नष्ट गर्दछ र त्यसलाई सफा गर्दछ ।
यो बनाउन ३ दिनको समय लागेको थियो । वेल्स सरकारको सहयोगमा यसको उत्पादन वृद्धि गर्न थालिएको छ ।

२. भाइरस मार्नेवाला मास्क
भाइरस ट्याटिक सिल्ड कम्पनीले एक यस्तो मास्कको निर्माण गरेको छ, जसले हावामा रहेको भाइरसलाई नष्ट गर्दछ । यो मास्कले कोेरोना सहित ९५ प्रतिशत सम्म भाइरस नष्ट गर्ने कम्पनीको दाबी छ ।
ब्रिटेनमा कोरोनाको महामारी देखेर कम्पनीले उक्त मास्क तयार पारेको थियो ।

३. ह्याण्ड फ्री डोर आर्म
संक्रमणबाट बचउनेवाला यो ३ डि प्रिन्टेड ह्याण्डिल ग्रफिथ्सले डिजाएन गरेका थिए । यो प्रोटोटाइप आर्म ढोकाको ह्याण्डिलमा जोडिएको हुन्छ ।
जसलाई खोल्नको लागि हातले छुन आवश्यक पर्दैन । यसको डिजाइन फ्रिमा डाउनलोड गरेर गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया