काठमाडौं । वैज्ञानिकहरुको एक अन्तर्राष्ट्रिय टिमले भारतमा ‘मे’ महिनाको मध्य अवधिसम्ममा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १ लाख देखि लिएर १३ लाखसम्म हुन सक्ने चेतावनी दिएका छन् ।
वैज्ञानिकहरुको एक टिमलद्वारा तयार गरिएको एक रिपोर्ट सीओबी आईएनडी १९ मा भनिएको छ कि,महामारीको शुरुवाती चरणमा अमेरिका र इटालीको तुलनामा भारत संक्रमणबाट रोक्न धेरै सफल भएको बताएका छन् ।
वैज्ञानिकहरुको यस टिममा अमेरिकाको जोन हपकिंस विश्वविद्यालयकी देवश्री राय पनि सम्मिलित छन् ।
वैज्ञानिकहरुले भनेका छन् कि, यो कुरा परिक्षणको माध्यमबाट, परिक्षणबाट आएका नतिजा र उनीहरुको परिक्षणमा निर्भर रहन्छ जसलाई कोरोना भाइरसका केहि पनि लक्षण देखा परेको हुँदैन ।
साथै उनीहरुले आफ्नो रिपोर्टमा लेखेका छन् कि, अहिलेसम्मको रिपोर्टमा भारतमा परिक्षण गरिएका मानिसहरुको संख्या तुलनात्मक रुपमा अत्याधिक कम रहेको छ ।
धेरै परिक्षण नभएको स्थितिमा सामुदायिक स्तरमा सक्रमण रोक्न असम्भव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया