निजी अस्पतालले कोरोना जाँच नगरेको भन्दै आक्रोशित भए पूर्वराजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निजी अस्पतालको आलोचना गरेका छन् ।

कोरोना भाइरसका कारणका कारण देश ठप्प हुनुका साथै संक्रमणको आशंकामा जचाउन पुग्नेलाई निजी अस्पताल परीक्षण नगरेको भन्दै शाहले आलोचना गरेका हुन् ।

बिहीबार एक ट्वीटमार्फत शाहले भनेका छन्, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देशभित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेलापछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?