विश्वभर महामन्दीको भय, यसअघि पनि भएका थिए ठूला आर्थिक संकट

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोनाभाइरस (कोभिड-१९)का कारण मानवीय संकट चरम हुँदै गएको छ भने अर्को तर्फ विश्वभर महामन्दीको आशंका उत्पन्न भएको छ। डिसेम्बेर २०१९ बाट फैलिन थालेको कोरोना भाइरसका कारण आज विश्व शक्ति राष्ट्र अमेरिका, युरोप लगायत भारतसम्मको आथिक भविष्य अन्योलग्रस्त हुन पुगेको छ । चीन, जापान, युरोपियन युनियन अनि अमेरिकासम्मको जीडिपीमा डबल डिजिट गिरावट आइसकेको छ । बिज्ञहरु को भनाइमा सन् २०२० मा विश्वले एउटा नयाँ वित्तीय संकट महामन्दी को सामना गर्नुपर्ने निश्चित छ। हुन त विश्व अर्थतन्त्रको इतिहासमा यसअघि पनि ठूलाठूला संकट आइसकेका थिए ।
विश्व अर्थतन्त्रको इतिहासमा सबभन्दा ठूला आर्थिक संकट :

ब्रिटेन को क्रेडिट क्रंच

सन् १७६० सम्ममा संसाभर द ग्रेट ब्रिटेनको अधिपत्य कायम भैसकेको थियो । ब्रिटेनले अन्य साम्राज्यमा व्यापार विस्तार गरेर ठूलो धनराशि जम्मा गरिसकेको थियो । लन्डनबाट सुरु भएको यो क्रेडिट क्रंच संकटले हेर्द हेर्दै पुरै युरोपलाई आर्थिक संकटमा होमिदिएको थियो ।

ब्रिटिस व्यापारीहरुले संसारभरी नै व्यापार विस्तार गरेका थिए, यसको लागि लन्डनका ठूला बैंकले त्यस्ता व्यापारीहरुलाइ अत्यधिक लगानी गरका थिए । व्यापारीहरुले विस्तारै बैंकको ऋण तिर्नको बदला ब्रिटेन बाहिर सम्पति जम्मा गर्न थालेपछि यो संकट चुलिएको थियो । व्यवयासी र बैंकबीच असमझदारी बढ्दै गयो । डिफॉल्टर्सको संख्या बढ्दै जाँदा बैंकले पनि ऋण असुलीका लागि दबाब बढाए । तर चतुर ब्रिटिस व्यापारीहरु एकाएक फ्रान्स निर्वासनमा भागे ।
यो समाचार ब्रिटेनभरी जंगलको आगोसरी फैलियो, सारा ब्रिटिश दिपोजिटरहरुको लामो लामो लाइन बैंक अगाडि लाग्न थाल्यो । बैंकसँग भुक्तानीको लागि नगद थिएन र एकएक गरेर ठुला बैंकहरु धरासायी हुन थाले । हेर्दा हेर्दै पुरै युरोपमा यसको चेन इफेक्ट पर्न गयो र लामो समयपछि मात्र ब्रिटेन र युरोपका बैंकले सर्वासाधारणहरु को विश्वास आर्जन गर्न सकेका थिए ।

अमेरिका को ‘द ग्रेट डिप्रेशन’

२४ अक्टूबर १९१९ , अमेरिकी सेयर बजार एक दि मा करीब पाँच अरब डलरले क्र्याश भयो । अमरिकी सरकार र बजार एक्स्पर्टहरुले सेयर बजारलाइ नियन्त्रित गर्न नपाउदै फेरि २९ अक्टूबर १९२९, ब्ल्याक ट्यूजडे , अमरिकी सेयर बजार १४ अर्ब डलरले क्र्याश भयो । यो नै थियो द ग्रेट डिप्रेशन को सुरुवात, सन् १९३९ करिब १० बर्ष सम्म अमरिकी मात्र होइन विश्वका धेरै रास्ट्रहरुमा यो आर्थिक संकटले नराम्रो असर पर्यो ।

द ग्रेट डिप्रेशन’ को सिधा प्रभाब :
१) १ करोड़ ३० लाख अमेरिकी बेरोजगार
२) ४ वर्ष भित्र अमेरिकी औद्योगिक उत्पादन ४५ ५ ले क्र्याश
३) ४ वर्ष भित्र अमेरिकी रियल स्टेट र हाउसिङ्ग ८० ५ ले क्र्याश
४) ५ हजार भन्दा बढी बैंक बन्द

द ग्रेट डिप्रेशन’ पछि अमेरिकाले ट्रेड प्रोटेक्सनको नीति अख्तियार गर्दै आयातमा प्रतिबन्ध लगाउन थाल्यो । परिणाम स्वरुप क्यानडा र अस्ट्रेलिया जस्ता देशको उत्पादनमा ५८ प्रतिशत भन्दा बढीले धक्का लाग्यो । साथै फ्रान्स बाहेक यूरोपको धेरै देशहरु को अर्थतन्त्र धरासायी भयो। भनिन्छ द ग्रेट डिप्रेशनको कारण युरोपमा समाजबाद र साम्यवादको विस्तार सम्भव भयो र सोभियत संघले मार्क्सवादलाई सफल प्रमाणित गर्ने मौका पायो ।

ओपेक तेल मूल्य संकट

सन् १९७३ मा ओपेक पेट्रोलियम निर्यातक देशहरुले अमेरिकालाई पेट्रोलियम पदार्थ बिक्री गर्न रोक लगाए र सुरु भयो ओपेक तेल मूल्य संकट । संसारका हरेक देशको ग्रोथ अफ इन्जिन पेट्रोलियम पदार्थलाइ मानिन्छ र यसको उन्त्पादन केही सिमित देशमा मात्र हुन्छ ।

१९७३ मा चौथो अरब इज़राइल युद्धमा अमेरिकाले इज़राइललाइ हतियार सप्लाई गर्न थालेपछि अरब देशहरु अमेरिकासंग असन्तुस्ट भए र सुरु गरे अमेरिकालाइ तेलको नाकाबन्दी । इजराइलसँगको हतियार व्यापार अमेरिकालाइ महँगो साबित भयो, अमेरिकामा चरम पेट्रोलियम पदार्थ संकट सुरु भयो र यसको प्रभाव अमेरिकाको जीडिपीमा नरम्रोसँग पर्यो ।

अमरिकी कास्ट अफ प्रोडक्सनमा वृद्धि हुँदा सारा युरोपमा समेत यसको चेन इफेक्ट तुरुन्तै देखियो र विश्वमा पुन एक पटक मन्दीको खतरा बढ्यो । भनिन्छ १९७३ को ओपेक तेल मूल्य संकटपछि मात्र आफ्नो शक्ति बुझे र युरोपियन युनिनन लगायत अन्य देशसंग प्राइस निगोसिएसन गर्न सक्ने भए ।

ग्लोबल फाइनेन्सियल क्राइसेस :

२००७ मा अमेरिकाबाट सुरु भएको ग्लोबल फाइनेन्सियल क्राइसेसलाई २१औ शताब्दीको अहिले सम्मको ठुलो वित्तीय संकट मानिन्छ । यसले युरोप मात्र होइन एसिया, अस्ट्रेलिया र अफ्रिकाको समेत आर्थिक संरचनमा ठूलो असर पार्यो । सवप्राइम मोर्डगेज कर्जा संकटको रुपमा अमेरिकाबाट यो संकट सुरु भयो । अमेरिकी बैंकहरुले समयमा कर्जा चुक्ता नगर्ने कम्पनीहरुलाई दबाब स्वरुप कर्जाको ब्याजदर वृद्धि गरे । अर्कोतिर ठूलाअमेरिकन कम्पनीहरुले ब्याज त समयमा तिरेनन् तर उपभोक्ताहरुलाई यसको कस्ट पास अन गरिदिए ।

विश्वमा प्रत्येक पटक यस्ता महामन्दीका चरणहरु आउँदै जादै गर्ने गर्दछन् । यसले केही समयको लागि नकारात्मक असर परे पनि विश्व अर्थतन्त्रले बाउन्स ब्याक गर्छ नै । कोरोना भाइरसका कारण हाल देखिएको मानवीय संकट र आर्थिक महामन्दी पनि मानव सभ्यताको अगाडि टिक्न सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?