काठमाडौं । कोरोना भाइरसको संक्रमण सारा विश्वमा तीव्र गतिमा फैलिरहेको छ ।
एक तर्फ डरलाग्दो कोरोना भाइरससँग सारा विश्व लडिरहेको छ भने, अर्काे तर्फ चीनको एक रेष्टुरेण्टको बाहिर ब्यानर लगाएर खुसीयाली मनाएका छन् ।
एक रिपोर्टका अनुसार चीनको एक रेष्टुरेण्टको बाहिर एउटा ठूलो ब्यानर लगाएर लेखिएको छ, महामारी फैलिएकोमा अमेरिकालाई बधाई, सानो जापानमा पनि महामारी लामो समयसम्म चल्यो ।
कम्पनीले एक बयान जारी गर्दै हेड अफिसलाई जानकारी नदि कनै रेष्टुरेण्ट मालिकले ब्यानर टाँगेर खुसीयाली मनाएको बताएको छ । कम्पनीका अनुसार रेष्टुरेण्ट मालिकलाई दुई घण्टा भित्रै कारवाही गरेको बताएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया