स्पेनकी उप-प्रधानमन्त्री कोरोना भाइरसको शिकार

काठमाडौं । कोरोनाका कारण यस बेला सारा विश्व नै त्रसित बनेको छ । अहिले सम्म कोरोनाका कारण २२ हजार २२ जनको ज्यान गईसकेको छ ।

उच्च पदस्थ व्यक्ति हुन् वा साधारण सबै कोरोनाको शिकार बनिरहेका छन् । कोरोनाको ताजा शिकार स्पेनकी उप- प्रधानमन्त्री कार्मेन काल्वो बनेकी छन् ।

६३ वर्षकी काल्वोलाई कोरोना परिक्षण गर्दा टेस्ट पोजेटिभ पाइएको हो । स्पेनमा कोरोना भाइरसका कारण अहिलेसम्म ४ हजार ८९ जनाको मृत्यु भईसकेको छ ।

कोरोनाको उद्गमस्थलमा भन्दा स्पेनमा कोरोनाबाट मर्नेको संख्या धेरै भईसकेको छ । कोरोनाका कारण ईटली पछि सबैभन्दा धेरै मानिसहरुको मृत्यु स्पेनमै भएको छ ।

अधिकारीहरुका अनुसार काल्वोको मंगलवार कोरोना भाइरस परिक्षण टेस्ट गरिएको थियो । यो भन्दा अगाडि पनि उनको कोरोना परिक्षण भएको तर परिक्षणमा नेगेटिभ पाइएको थियो ।

त्यसपछि पुनः उनको स्वास्थ्य परिक्षण गरिएको अधिकारीले बताएका छन् । अहिले उनको उपचार भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?