मलेशियाका राजा-रानी क्वारेन्टाइनमा, राजमहलका ७ जना कोरोना संक्रमित

काठमाडौं । संसारभरमा कोरोना भाइरसका कारण हाहाकार मच्चिएको छ । महामारी बनिसकेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा २० हजार २२ जनाको मृत्यु भईसकेको छ ।

नेपालमा पनि  अहिलेसम्म कोरोनाका ३ जना संक्रमित फेला परेहका छन् । बिभिन्न देशले कोरोनाबाट बच्नको लागि सारा देश नै लकडाउन गरेका छन् ।

कोरोना भाइरसले विश्वका केहि ठूला व्यक्तिहरुलाई आफ्नो शिकार बनाएको छ । यसैबीच मलेशियाको राजमहलका ७ जना पनि कोरोना भाइरसको संक्रमित बनेका छन् ।

साथै मलेशियाका राजा-रानीले आफूलाई स्वयं क्वारेन्टाइनमा राखेका छन् । सुल्तान अब्दुल्ला सुल्तान अहमद शाह र उनकी श्रीमती तुंकु अजिजा अमीना मैमुना इस्कंदरियाले स्वयंलाई अलग राख्ने फैसला गरेका हुन् ।

राजमहलले बिहीवार उक्त जानकारी साझा गर्दै मंगलवार राजमहलका सात जनालाई अस्पतालमा भर्ना गरिएको बताएका हुन् ।

उनीहरु सबैको परिक्षण गर्दा पोजेटिभ भेटिएको छ । त्यसपछि राजा-रानीको पनि स्वास्थ्य परिक्षण गरिउको थियो । तर उनीहरुमा कोरोनाको संक्रमण नभएको बताइएको छ ।

त्यसपछि शाही दम्पत्तिले बुधवारबाट स्वयंलाई क्वारेन्टाइनमा राखेका हुन् । मलेशियामा कोरोनाका कारण आजसम्म २३ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?