धर्तीको गहिराइमा फेरी जाँदै वैज्ञानिकहरुको टिम

काठमाडौं । न्युजिल्याण्डको दक्षिणमा समुन्द्रको बीचमा रहेको क्रुजमा रहेको वेज्ञानिकहरुको टिम डाइनोसरको विनाश बारे शोध गरिरहेको छ ।

उनीहरु दक्षिणी प्रशान्तको गहिराईमा जमा तलछट र प्राचीन चट्टानको नमुनाबाट यो कुराको पत्ता लगाउने कोशिस गरिरहेका छन् कि, डाइनोस विनाश हुनुमा वास्तविकता के थियो ? र हाम्रो पृथ्वी धेरै गर्मी भयो भने के हुन्छ ? र अत्याधिक जाडो भयो भने के हुन्छ ?, यस्तो अवस्थामा पृथ्वीमा जीवन कस्तो हुन्छ ?, के पृथ्वीको लाखौँ वर्षको इतिहासले हामीलाई यस्तो भएको खण्डमा भविष्यमा के हुन्छ भनेर बताउन सक्दछ ? र हामी कता तिर बढिरहेका छौँ ।

पृथ्वीको गहिराईमा लुकेको जवाफ

ओरोगन स्टेट युनिभर्सिटीका समुन्द्र भूविज्ञानी प्रोफेसर एन्थनी कोपर्स भन्छन्, महासागहरुको गतिविधि,पृथ्वीको पर्यावरण र जलवायु सम्बन्धी सबै महत्वपूर्ण जानकारी, महासागरको गहिराईमा पृथ्वीको आन्तरिक भागमा लुकेको छ ।

यदि हामी समुन्द्रको सतहमा ड्रिल गर्न शुरु गर्र्याै भनेहामीलाई ७ किमी मोटो समुन्द्रको ठोस भाग मिल्दछ । तर धर्तीमा यो भाग त्यो भन्दा केहि गुणा ठूलो र मोटो रहेको छ ।

त्यहाँ बाटै वैज्ञानिकहरुलाई पृथ्वीको केन्द्रसम्म पुगेर नमुना लिने अवसर प्राप्त हुन् सक्दछ । यसबाट पृथ्वीमा जीवनको शुरुवात, पृथ्वीको बनावट र अन्य ग्रहहरुको बारेमा पनि महत्वपूर्ण जानकारी मिल्न सक्दछ ।

पृथ्वीको केन्द्रसम्म प्वाल पारेपछि फेला परेको तथ्य

-सन् १९६१ मा समु’न्द्रको गहिराईमा पृथ्वीको केन्द्रसम्म ड्रिल गर्ने सबैभन्दा पहिलो कोशिस अमेरिकाले गरेको थियो ।

-प्रोजेक्ट मोहोलका वैज्ञानिक त्यो बेला ६०१ फिट गहिराईसम्म ड्रिल गर्न त्यो बेला सफल भएका थिए ।

-१०६६२ फिट गहिराईसम्म समुन्द्र सतहभन्दा तल ड्रिल गर्ने विश्व रेकर्ड सन् २०१९ मा जापानका शिप चिक्युको नाममा रहेको छ ।

-यस प्रोजेक्टमा ४१ वर्ष पुरानो एक्स आयल ड्रिलिंग शिप अहिलेसम्म पनि काम गरिरहेको छ ।

-न्युजिल्याण्डको यो प्रोजैक्टमा ११८ जना वैज्ञानिकहरुको टिम सामेल छ ।

-पृथ्वीको गहिराईमा ड्रिल गर्ने टेक्नीक बनाएर विकसित गर्न १० देखि २० वर्ष सम्मको समय लाग्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?