काठमाडौं । कोरोनाका कारण लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । साउथ इस्ट लण्डनका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार बिहान निधन भएको थियो । भने उनको रिपोर्टमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।
बुधबार अस्पतालले मृतकको परिवारलाई टेलिफोन गरेर उनलाई कोरोना संक्रमण पोजिटिभ देखिएको जानकारी गराएको मृतक अर्याकको पारिवारिक स्रोतले जनाएको छ ।
अर्याल दुई दशक भन्दा लामो समयदेखि लण्डनमा बस्दै आएका थिए । साथै उनलाई यसअघि ब्लड प्रेसरबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले जनाएको छ ।
एक साता अघि मात्र लण्डनमा नै बस्ने नेपाली मुलका अर्का ६५ वर्षीय भूपू गोर्खा लिलाबहादुर राईको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
मृतक अर्यालको पुख्र्यौली घर चितवन हो । त्यस्तै उनको श्रीमती, ११ वर्षकी छोरी र ९ वर्षका छोरासहित लण्डनमा बस्दै आएका थिए। पछिल्लो समय उनी एकाउन्टिंग फर्ममा कार्यरत थिए।
केहि समयदेखि उनलाई सामान्य ज्वरो र खोकीलगायतका लक्षण देखा परेका उनलाई गत शनिबार बिहान ४ बजे अकस्मात घरमै चक्कर लागेपछि अस्पताल लगिएको थियो। स्थानीय क्वीन एलिजावेथ अस्पतालमा उपचारकै क्रममा सोमबार बिहान २ बजे उनको निधन भएको थियो।
साथै उनको परिवारलाई त्यस्तो किसिमको समस्या नभएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया