काठमाडौं । कोरोनाका कारण नेपालमा रहेका आफ्ना नागरिकहरु लैजानका लागि युरोपेली देशहरुले चार्टर विमान पठाउने भएका छन् ।
सम्भवतः शुक्रबारसम्म केही युरोपेली देशका जहाज काठमाडौं आइपुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
कोरोनाका कारण यतिबेला विश्वका आफ्नो देश भन्दा बाहिरी मुलुकमा धेरै मानिसहरु रहेका छन् । त्यस्तै कोरोना संक्रमणको त्रासका बीच फ्रान्स र जर्मनीले आफ्ना देशका नागरिक लैजान चार्टर विमान काठमाडौं पठाउन लागेको जनाइएको छ ।
हाल काठमाडौंमा जर्मन र फ्रेन्च नागरिक गरी करिब ७ सय जना रहेको तथ्यांकले देखाएको छ । विदेशी नागरिकहरुलाई आफ्नै देश फर्काउनका लागि नेपालस्थित फ्रान्स दूतावासले बुद्ध एयरको विमान चार्टर गरी पोखराबाट आफ्ना ५० जना नागरिकलाई काठमाडौं पुर्याउन लागेको छ ।
शुक्रवार र शनिवार ति विमानहरुले नेपालमा रहेका जर्मन र अन्य युरोपेली मुलुकका नागरिकलाई लैजाने तयारी गरिएको छ । जर्मन नागरिकलाई लैजानका लागि कतार एयरवेजका दुई विमान चाटर्ड गरिएको छ ।
साथै आफ्ना नागरिकलाई स्वदेश फर्काउनका लागि संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाले पनि नेपालमा रहेका आफ्ना नागरिक फिर्ताका लागि चार्टर विमान पठाउने तयारी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया