अझै चेत पाएनन् चिनियाँले, खाए जीवित मुसा

काठमाडौं । चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस आजसम्म सारा विश्वमै फैलिइसकेको छ । भाइरसबाट अहिलेसम्म २१ हजार ३ सय १५ जनाको मृत्यु भएको छ ।

साथै ४ लाख ७२ हजार ८ सय ८४ जना भाइरसबाट संक्रमित भएका छन् । चीनको वुहानमा पाइने मीट मार्केटमा पाइने जनावरको मासुबाट नै विश्वभर फैलिएको कोरोना भाइरसको जन्म भएको थियो ।

ननभेजका कारण उक्त भाइरस सारा विश्व भरमा फैलिएको भन्दै केहि मानिसहरुले मासु खान नै छोडिदिएका छन् । तर हालै मात्र भाइरल बनेको एक भिडियोमा एक व्यक्ति मुसा खाइरहेको देखिएको छ ।

उक्त भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक व्यक्ति जीवित माछो खाइरहेको देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?