कोरोना भाइरसका यी ४ महानायक : २४ सै घण्टा सेवामा, शोधकर्ता, स्वास्थ्यकर्ता, डाक्टर र भोलेन्टियर्स

काठमाडौं । कोरोना भाइरस अहिलेसम्म विश्वका १९८ देशमा फैलिइसकेको छ भने भाइरसबाट अहिलेसम्म २१ हजार २१ हजार ३ सय ४ जनाको मृत्यु भईसकेको छ ।

साथै ४ लाख ७२ हजार ४ सय ६ जनामा भाइरसको संक्रमण देखा परेको छ । र १ लाख १४ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषित गरिसकेको छ । यो महामारीको शुरुवात चीनबाट भएको थियो ।

यस महामारीको बारेमा जागरुकता फैलाउने वाला ४ जनामा एक जनाको मृत्यु भईसकेको छ । उनीहरुको प्रयासले नै कोरोना भाइरससँग लड्नको लागि सहयोग मिलेको छ । संसार उनीहरुले गरेको सहयोगको तारिफ गरिरहेको छ ।

१. चेतावनी दिनेवाला पहिला व्हिसल ब्लोअर डा. ली वेंगलियांग, वुहान सेन्ट्रल हस्पिटलमा नेत्र विशेषज्ञ थिए

३४ वर्षका डा. वेंगलियांग चीनमा कोरोना भाइरसको बारेमा आम मानिसहरुलाई भाइसको यर्थाथ बताउनेवाला र देशको मनोमानीका बिरुद्धमा आवाज उठाउनेवाला पहिलो व्यक्ति थिए ।

उनी अहिले यो संसारबाट बिदा भईसकेका छन् । ३१ डिसेम्बरमा उनले लोकप्रिय चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा भाइरसको बारेमा मानिसहरुलाई चेतावनी दिएका थिए ।

त्यसपछि पुलिसले उनलाई पुलिसले एक पत्रमा हस्ताक्षर गर्न लगाएको थियो । उनीमाथि सर्वसाधारणमा अफवाह फैलाएको आरोप लागेको थियो ।

उनलाई आफ्नो मुख बन्द गर्नको लागि आदेश दिइएको थियो । तर उनले आफ्नो काम जारी राखि नै रहे । उनी संक्रमितहरुको उपचारमा खटिइरहे र रोगीहरुलाई रोगको बारेमा जागरुक गरिरहे ।

डा. लीले संक्रमणको गम्भीरतालाई बुझे, उनलाई लागेको थियो कि यो भाइरस पनि सार्स जस्तै एउटा भाइरस नै हो ।

जो मानिसबाटै मानिसमा फैलिएको थियो र पुनः संक्रमण फैैलिइ नै रहेको थियो ।उनले सात त्यस्तो मामिला देखेका थिए, जसमा सार्स जस्तै भाइरसका संक्रमणको लक्षण देखापरेको थियो ।

३१ जनवरीमा डा.लीले न्युयोर्क टाइम्सका एक पत्रकारसँगको अन्तर्वार्तामा १० जनवरी देखि आफूलाई खोकी र उच्च ज्वरो आएको बताएका थिए ।

२. पहिलो डाक्टर जसले भाइरसको बारेमा बताएका थिए, डा. जियांग, श्वसन तन्त्र विशेषज्ञ

नोवेल कोरोना भाइरसको बारेमा पत्ता लगाउने ५४ वर्षका डा. जहांग जियाँग संसारका पहिला व्यक्ति थिए ।

२६ डिसेम्बरमा अस्पतालमा रेस्पिरेटरी र क्रिटिकल केयर डिपार्टमेन्टका निर्देशक डा. जहांग जियांगले ४ रोगीहरुमा सबैको लक्षण एकै किसिमको भएको पत्ता लगाएका थिए ।

उनीहरुलाई निमोनिया भएको र उनीहरुके फोक्सोमा एकै किसिमको संक्रमण देखा परेको उनले बताएका थिए । ति बिरामीहरु मध्ये तीन जना एकै परिवारका सदस्य थिए ।

भोपिल्ट उनले थप तीन जनामा उक्त संक्रमण फेला परेको बताएका थिए । उनलाई त्यो सबै अचम्म लाग्यो र उनले त्यस संक्रमणको बारेमा अनुसन्धान गर्न शुरुवात गरेका थिए ।

उनले तत्काल अस्पतालको दोश्रो विभागलाई यो कुनै सामान्य रोग नभएको भन्दै जानकारी गराएका थिए ।

२७ डिसेम्बरमा डा. जहांगले चिनियाँ स्वास्थ्य अधिकारीहरुलाई कोरोना भाइरस सार्स भाइरस जसरी नै फैलिरहेको बताएका थिए ।

डा. जहांग जियांगले यस्तो बताएपछि उनी चिनियाँ शोसल मिडियाका नायक बनेका थिए । त्यति मात्रै होइन, उनी सार्स भाइरसँग लड्ने टिमका एक सदस्य समेत हुन् ।

उनले सार्स भाइरसका बेला लिएको प्रशिक्षण यस बेला काम आएको बताएका थिए ।

३. त्यो बेला इबोलाको खतरा र अहिले कोरोनाको ड्रग टेस्ट गरिरहेकी चेन वुई, जीवाणुविज्ञानी, द इन्स्टीट्युट अफ बायोइन्जीनियरिङ

५४ वर्षकी चेन वुई चीनकी शीर्ष सैन्य जैव युद्ध विशेषज्ञ हुन् । उनी द इन्स्टीट्युट अफ बायोइन्जीनियरिङ, एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेसकी वैज्ञानिक पनि हुन् ।

चिनियाँ मिडियाका अनुसार चेन र उनको टिमले कोरोना भाइरससँग लड्नको लागि भ्यक्सीन विकसित गरेका छन् । उनी २६ जनवरीबाट यसको भ्याक्सीनको र्मिाणमा लागेकी थिइन् ।

सरकारले उनलाई क्लिनिकल ट्रायलको अनुमति पनि दिइ सकेको छ । चीनका अनुसार यदि परिक्षण सफल भयो भने यो नै कोरोना भाइरसको बिरुद्ध पहिलो टिका हुने बताएको छ ।

वैज्ञानिकहरुका साथै पिपुल बिरेशन आर्मीमा मेजर जनरल चेनले यो भन्दा पहिला सार्स र इबोला जस्ता भाइरसका टीका बनउान पनि योगदान दिएकी थिइन् ।

उनले सन् २००३ मा सार्ससँग लड्नको लागि मेडिकल स्प्रे पनि बनाएकी थिइन् । सन् २०१५ मा डा. चेनलाई चीन सरकारले इबोला भाइरसको भ्याक्सीन विकसित गर्नको लागि दक्षिण अफ्रीकी देश सिएरा लिओन पठाएको थियो ।

अफ्रीकामा त्यो इबोला तीव्र गतिले फैलिइरहेको थियो । त्यस अवस्थामा पनि उनले रिसर्च गरेर अत्याधिक सहयोग पुर्याएकी थिइन् ।

४. यिनको रिसर्च पेपर बदल्यो पूरा रणनीति : नील फर्गुसन, महामारी विशेषज्ञ, इम्पिरियर कलेज, लण्डन

५२ वर्षका नील फर्गुसनले ब्रिटिश सरकारलाई चेतावनी दिएका थिए कि,यदि जरुरी कदम नउठाए मात्र ब्रिटेनमा २ लाख ६० हजारको मृत्यु हुन सक्दछ ।

नीलले कोरोना भाइरसको गम्भीरतालाई बुझेर गएका दुई महिनादेखि कोरोना भाइरसको रिसर्च पेपर लेखिरहेका थिए । नीलले लेखेको रिसर्च पेपर पछि ब्रिटिश सरकारले कोविड १९ बाट लड्ने आफ्नो रणनीति बदलेको थियो ।

त्यसपछि नै ब्रिटेनमा वर्क फ्रम होम शुरु भएको थियो । सरकारले अत्यावश्यक कदम उठाउँदै स्कूल्स,महल,थिएटर र सार्वजनिक ठाउँ बन्द गरेको थियो ।

नीलले १६मार्चमा एक ट्वीट गर्दै आफूलाई खोकी र ज्वरो आएको बताएका थिए । उनलाई कोविड जस्तो लक्षण देखिएको पनि उनले बताएका थिए ।

त्यसपछि उनले आफूलाई स्वयं आइसोलेट गरेका थिए । नील इम्पिरियर कलेज लण्डनका सेन्टर फर एपीडेमियोलोजिकल एनालेसिस एण्ड मोडलिंग अफ इन्फेक्सियस डिजीजका निर्देशक हुन् ।

साथै उनी गणितीज्ञ पनि हुन् । उनले सरकारलाई आफ्नो अनुमानका अनुसार चेतावनी दिएका छन् कि, यदि साधानी नअपनाएको खण्डमा भाइरसबाट अत्याधि मृत्यु हुने निश्चित छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?