कतार एयरबाट आएकी एक महिला क्वारेन्टाइनमा, अर्की महिलाको खोजी कार्य जारी

काठमाडौं । कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै कतार एयरवेजको विमान चढेर नेपाल आएकाहरुमध्ये एक जना दाङ जिल्लाको भएको खुलेको छ । उनलाई बुधबार नियन्त्रणमा लिएर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको क्वारेन्टाइनमा राखिएको छ । उनमा कोरोना संक्रमण भएको जस्तो लक्षण भने देखिएको छैन ।

उनी पश्चिम दाङकी महिला हुन् र पत्ता लगाएर अस्पतालको जिम्मा लगाएका प्रहरीले जनाएको छ ।

फ्रान्समा पढ्न गएकी र दोहा हुँदै यही चैत ४ गते नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएपछि उनीसँगै कतार एयरवेजको जहाजमा सवार अन्य यात्रुहरुको पनि खोजी सुरु गरिएको थियो । कतार एयरवेजको हवाईजहाज चढेर आएकाहरुको सूचीमा दाङका ओली र पन्त थरका दुई जना महिलाको नाम भेटिएको छ । तर, एक जनालाई भने प्रहरीले पत्ता लगाउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?