काठमाडौँ। सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको ‘स्व–कफ्र्यु’ (लकडाउन) प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ ।
नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई थप प्रभावकारी बनाउन थालिएको छ ।
कोरोना सङ्क्रमित थप अर्को व्यक्ति फेला परेसँंगै सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि लकडाउन प्रभावकारी बनाउने तयारी भएको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक बाहिर ननिस्कन पुनः आग्रह गरेको छ ।
गृह प्रवक्ता केदारनाथ शर्माले नेपाल सरकार मन्त्रिपरिषद्को चैत ९ गतेको निर्णयबमोजिम सङ्क्रामक रोग ऐन, २०२० को दफा २ अनुसार ११ गते मङ्गलबारबाट लागू भएको सो कानुन कार्यान्वयनमा सर्वसाधारणको सहयोगप्रति धन्यवाद दिए ।गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया