बेलायती राजकुमारमा कसरी कोरोना संक्रमण भयो ?

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतका राजकुमार चाल्र्समा पनि भएको छ ।
१० मार्चमा ७१ वर्षे चाल्र्स सहभागी मोनाकोका राजकुमार अल्बर्ट पनि उपस्थित थिए । कार्यक्रम सकिएको ठिक ९ दिनपछि अल्बर्टमा कोरोना संक्रमण देखिएको थियो ।
उनीहरु वाटरएड डिनरका दौरान आमने–सामने बसेका थिए । यो डिनर अस्टे«लियामा आगलागीबाट भएको क्षतिपछि उद्धारका लागि रकम संकलन गर्न आयोजना गरिएको थियो ।
क्लेरेन्स हाउसका प्रवक्ताले भनेका छन्,‘सरकार र चिकित्सकको सल्लाहअनुसार युवराज चाल्र्स र युवराज्ञी कार्मेला पार्कर अहिले स्कटल्यान्डस्थित घरमा अलग–अलग रुपमा आइशोलेसनमा छन् ।’

विज्ञप्तिमा भनिएको छ, ‘कसरी राजकुमारमा संक्रमण भेटियो भनेर पुष्टि गर्न कठिन छ । उनी पछिल्ला साता धेरै कार्यक्रममा सहभागी भएका थिए ।’

६२ वर्षे अल्बर्टले संक्रमणपछि निकै सावधानी अपनाएका थिए । उनी पनि हाल सेल्फ–आइशोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?