काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
संघका अध्यक्ष कुमार पन्तले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोनाविरुद्ध लड्न एनआरएनएले घोषणा गरेको रू १ करोड सहयोगबाट नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको हो । केही अघि एनआरएनले एक करोड दिने घोषण गरेको थियो ।
स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ।
ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको पन्तले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया