भारतमा कोरोनाबाट मर्नेको संख्या १२ पुग्यो, संक्रमित ६२३ पुगे

भारतमा बुधबार एकैदिन ८७ जना कोरोना संक्रमित फेला परेका छन् ।

योसहित भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६२३ जना पुगेको छ भने तीमध्ये १२ जनाको मृत्यु भएको छ ।

बुधबारमात्रै दुई जना संक्रमितको मृत्यु भएको छ ।

बुधबार बिहान तमिलनाडुको मदुरेमा ५४ वर्षीय पुरुष र मध्यप्रदेशको उज्जैनका ६५ वर्षीया महिलाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?