प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

धनुषाको शहिदनगर नगरपालिकामा प्रेमीसँग मिलेर श्रीमतीले श्रीमानको हत्या गरेको खुलासा भएको छ । प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा श्रीमती सहित उनका प्रेमी समेतलाई पक्राउ गरेको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ मा रहेको डिहवार स्थान स्थित आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा कंक्रिट पत्थरले टाउकोमा प्रहार गरि ६० वर्षिय राजकिशोर मण्डललाई उनकै कान्छी श्रीमती कौशिला देवी र शहिदनगर नगरपालिका वडा नम्बर ७ बस्ने अन्दाजी २७ वर्षिय राकेश कुमार मण्डलले हत्या गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरेर बुधबार प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्ने राकेश कौसिलाको प्रेमी रहेको बताइएको छ।

गत फागुन २७ गते होलीको दिन राजकिशोरको हत्या भएको थियो ।

धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले मृतक राजकिशोर मण्डललाई कंक्रिट पत्थरले उनको निधारमा पटक–पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?