युएईमा फेरि ८५ जनालाई कोरोना

काठमाडौं । कोरोना भाइरसका कारण युएईमा बुधबार ८५ जना नयाँ बिरामी फेला परेका छन् ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ३ सय ३३ पुगेको छ । बुधबार ७ जना उपचारबाट कोरोना मुक्त भएका छन् ।

युएई सरकारका स्वास्थ्य प्रवक्ता डाक्टर फारिदा अल होसनीले नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार ७ जना कोरोनामुक्त भएको र कोरोनाबाट ठिक हुनेको संख्या ५२ पुगेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?