२०७६, १२ चैत्र बुधबार २२:२०

कोरोना भाइरस : अचानक कसरी हुन्छ धेरैमा संक्रमण ? जानिराखौँ के भन्छ विज्ञान ?


प्रकाशित मिति : २०७६, १२ चैत्र बुधबार २२:२०

काठमाडौं । कोरोना भाइरस अत्याधिक भयानक भाइरस मध्येको एक हो । आजसम्म कोरोनाका कारण विश्वमा १९ हजार ६ सय ५८ जनाको मृत्यु भएको छ ।

भने ४ लाख ३८ हजार ७ सय १७ जनामा कोरोनाको संक्रमण देखा परेको छ । वैज्ञानिकहरुका अनुसार यस भाइरसको संरचना यस्तो छ कि, यसलाई पराजित गर्न मानव सभ्यताको लागि अत्याधिक मुश्किल रहेको छ ।

त्यसकै कारण सारा विश्वका एक पछि एक देशहरुमा भाइरसको महामारी बढीरहेको छ ।

अत्याधिक चलाख भाइरस

अर्बौ, वर्षको आफ्नो अस्तित्वमा भाइरसले बिना सक्रिय वा जीवित रहेर सुरक्षित रहन सिकिसकेको छ ।

यो एउटा यस्तो भयावह रणनीति हो, भाइरसले आधुनिक मानव सभ्यताको लागि प्रवल खतरा बनाइदिएको छ । साथै भाइरसले संसारका सामाजिक र आर्थिक गतिविधिहरुलाई ठप्प बनाइदिएको छ ।

के हो कोरोना भाइरस ?

कोरोना भाइरस एक संरचनात्मक रुपमा हेर्ने हो भने, यो एउटा जेनेटिक तत्वको प्याकेट हो, जसलाई मानिसहरुको कपालका हजारौँ रौँहरुभन्दा पनि धेरै पातलो प्रोटिनको स्पाइकी खोलले ढाकेको छ ।

देख्नमा कोरोना भाइरसमा जीवनका केहि लक्षण दखिँदैन, तर यसले लामो समयसम्म मानव सभ्यताको लागि महामारीको स्वरुप लिन सक्ने देखिन्छ ।

जीवनमा लक्षण छैन भने कसरी बन्छ खतरा  ?

यदि कोरोना भाइरस केहि सतह तथा हावामा पाइन्छ भने यसलाई जीवनको भाइरस पनि सम्झिन सकिन्छ । तर जब यो भाइरस मानिसको शरीरमा प्रवेश गर्दछ, तब मानिसहरुको शरीरका बिभिन्न कोशिकाहरुलाई आफ्नो कब्जामा लिन्छ ।

र फेरी कोरोना भाइरसले त्यस्तै कोशिकाहरुको प्रयोग गरेर करोडौँ अन्य कोरोना भाइरसलाई जन्म दिन्छ ।

यो यति धेरै चलाख भाइरस छ कि, यो भाइरस मानिसको शरीरमा कहिले प्रवेश गरेर र हाम्रो शरीरलाई कहिले घर बनाएर बस्दछ यसको बारेमा केहि पत्तो हुँदैन ।

कोरोना भाइरसबाट संक्रमित व्यक्तिमा जब सम्म लक्षण रहन्छ, त्यो भन्दा पहिला नै अर्को मानिसको शिकार गर्न नजिकका लाखौँ र करोडौँको संख्यामा आसपासको वातावरणमा फैलिइसकेको हुन्छ ।

अहिले सम्म डरलाग्दो कुरा त के छ भने, कोरोना भारसको औषधी अहिले सम्म बन्न सकेको छैन । यस भाइरसबाट बच्ने अहिलेको लागि औषधी भनेकै संक्रमित व्यक्तिबाट टाढा रहनु नै हो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस