स्पेनमा मृतकको संख्या चीनको भन्दा धेरै, ३ हजार ४३४ को मृत्यु

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा लगातार वृद्धिसँगै स्पेनले पनि चीनलाई उछिनेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा इटालीपछि स्पेन दोस्रो ठूलो मुलुक भएको छ । स्पेनमा ३ हजार ४ सय ३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार यो तथ्याङ्कसँगै स्पेन कोरोना संक्रमणबाट मृत्यु हुने मुलुकको दोस्रो सूचीमा परेको छ ।

कोरोना संक्रमणबाट चीनमा ३ हजार दुई सय ८२ जनाको मृत्यु भएको थियो । सुरुवाती चरणमा कोरोनाका कारण चीनमा सबैभन्दा बढी मृत्यु भए पनि यतिबेला इटालीमा मृत्यु हुनेको संख्या सर्वाधिक छ । इटलीमा ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ । चीनमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ संक्रमणमा निकै नियन्त्रण भइसकेको छ ।

मंगलबारको तुलनामा बुधबार स्पेनमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २७ प्रतिशत बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?