काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले चैत्र १२ गते स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बजारमा मास्क अभाव देखिएको छ । त्यस्तै चेम्बर अफ कमर्सले उपलब्ध गराएको उक्त मास्कले केहि राहत पुग्नेछ ।
यसका साथै नेपाल चेम्बर अफ कमर्सले बिहिबार चैत्र १३ गते विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया