कोरोनाबाट मर्नेको संख्या १९ हजार नाघ्यो, कति पुगे संक्रमित ?

काठमाडौं । विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १९ हजार १ सय १ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै, ४ लाख २८ हजार २ सय १७ जनालाई संक्रमण भएको छ । १ लाख ९ हजार २ सय ४१ जना निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म कोरोना १९७ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म ६ हजार ८ सय २० जनाको मृत्यु भएको छ ।

चीनमा भने ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा २ हजार ७७ जनाको मृत्यु भएको छ । अमेरिकामा ७ सय ८४, स्पेनमा २ हजार  ९ सय ९१, फ्रान्समा ११ सय, युकेमा ४ सय २२, नेदरल्याण्डमा २७६ र जर्मनीमा १सय ७१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?