कोरोना नियन्त्रण गरेका यी देशबाट अरुले के सिक्ने ?

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले मानव समुदाय आक्रान्त बनेको छ । चीन हुँदै यो भाइरस विश्वभर फैलिएको छ । तर, कतिपय देशले यो भाइरस नियन्त्रण पनि गरेका छन् । दक्षिण कोरिया, सिगापुर र चीनले कोरोना भाइरस नियन्त्रण गरिसकेका छन् ।

यी देशले कोरोना संक्रमणलाई गम्भीरतापूर्वक लिए र तुरुन्तै संक्रमण रोक्न लागिपरे । कोरोना नियन्त्रण गर्ने अर्को उपाय हो, कोरोना जाँचको सुविधा सर्वसुलभ र सस्तो बनाउने । संक्रमितको सम्र्पक पहिचान गर्ने । निगारनीमा राख्ने । आईसोलेसनमा राख्ने ।

यसबाहेक, समय रहँदै सोसियल डिस्टेन्स बनाउने । नागरिकलाई सुसूचित गर्दै रहने । लक डाउनमा राखिएका, आईसोलेसन र क्वारेन्टाइनमा राखिएका नागरिकलाई सहयोग उपलब्ध गराइरहने । दक्षिण कोरिया र चीनबाट विश्वले सिक्नुपर्ने एउटा मात्र पाठ हो जाँच, जाँच, फेरि जाँच । सरसफाइप्रति अत्यधिक जागरुकता वृद्धि गर्ने ।

कुन देशले कसरी कोरोना नियन्त्रणमा लिए ?

दक्षिण कोरिया :
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएको छ । तर, एसियाका दक्षिण कोरियाले भने तीव्र गतिमा कोरोना नियन्त्रण गरिरहेको छ । दक्षिण कोरियामा एउटा चर्चबाट कोरोना संक्रमण फैलिएको थियो । ताजा अवस्थामा दक्षिण कोरियामा जम्मा ९ हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ । दक्षिण कोरियाका प्रधानमन्त्री चुङ स्ये क्यूनले अहिले देशमा संकटकालीन अवस्था आएको टिप्पणी गरेका छन् । कोरोना संक्रमण देखिएका क्षेत्र डेगु र चङ्डोलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ । यी क्षेत्र बाहे अन्यत्र दक्षिण कोरियाको जनजीवन सामान्य छ ।

न्युयोर्क टाइम्सका अनुसार अर्थतन्त्र बन्द नगरिकन पनि कोरोनान नियन्त्रण गर्न सकिन्छ भन्ने पाठ दक्षिण कोरियाबाट सिक्नुपर्छ । ठूलो संख्यामा संक्रमित देखिएपनि अन्यत्रको जस्तो ठूलो लक डाउन नगरिकनै दक्षिण कोरियाले कोरोना नियन्त्रणमा लिएको छ ।

संकट आउनु अगावै हस्तक्षेप
जनवरीको अन्तिमतिर कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएपछि कोरियाले त्यहाँ स्वास्थ्यकर्मीसँग संवाद गर्यो । र कोरोना जाँच गर्ने ‘किट’ ठूलो संख्यामा उत्पादन गर्ने निर्णय गरे ।
त्यसपछि दक्षिण कोरियाले दैनिक १ लाख कोरोना जाँच गर्ने किट उत्पादन गर्न थाल्यो । दक्षिण कोरिया ति किट अहिले अन्य देशमा निर्यात गर्ने तयारीमा लागेको छ ।

छिटो र धेरै जाँच
कोरोना जाँच गर्ने किट अत्याधिक उत्पादन गरेको दक्षिण कोरियालेअन्य देशको तुलनामा उसले धेरे मान्छेको जाँच गर्यो । प्रतिव्यक्ति दरको हिसाबमा अमेरिकाको तुलनामा ४० गुणा बढी मान्छेमा दक्षिण कोरियाले कोरोना जाँच गर्यो । २३ मार्र्चसम्म उसले ३ लाख भन्दा बढी मान्छेको जाँच गरिसक्यो । धेरै मान्छेको जाँच गर्दा संक्रमण फैलिए, नफैलिएको छिटो थाह पाउन मद्धत पुग्यो ।

सम्र्पक ट्रयासिङ, आइसोलेसन र निगरानी
कोरोना संक्रमण देखिएका व्यत्तिको सम्र्पकमा आएका मान्छेलाई छिटो भन्दा छिटो पत्ता लगाउने । जाँच गर्ने । आईसोलेसनमा राख्ने । र, शंकास्पद व्यक्तिलाई निगारनीमा राख्ने । दक्षिण कोरियाले आफ्नो इपिडिईमियोलोजी सेवालाई प्रहरीको अनुसन्धानको शैलिमा प्रयोग गर्यो ।

कुनै पनि क्षेत्र र जिल्लामा संक्रमित देखिएका त्यो क्षेत्रमा बसोबास गर्ने सबै व्यक्तिको फोनमा सूचना पठाइयो । र, शंका लागेमा जाँचमा आउन भनियो । वासिगंटन पोष्टका अनुसार संक्रमित व्यक्तिको सम्र्पकमा आएका व्यक्तिको ग्लोबल पोजिसनिङ सिस्टमबाट फोन ट्रयाक गरियो । संक्रमित व्यक्ति जाँच हुनु अगाडि कहाँ गएको थियो भनेर सार्वजनिक वेवसाइटमा जानकारी राखियो । जसले गर्दा मान्छेलाई जाँच गराउन सहज भयो ।

नागरिकलाई सहायता गर्ने
दक्षिण कोरियासँग सार्वजनिक स्थलमा तापक्रम मापक यन्त्र धेरै छैनन् । स्वास्थ्यकर्मी पनि धेरै छैनन् । तर, उनीहरुले विभिन्न सञ्चारमाध्यमबाट कोरोना सचेतनाजानकारी गराइरहे । बारम्बार जनतालाई जाँचका लागि आग्रह गरे । लक डाउन गरिएका दुईवटा शहरका जनताको आश्यकता सोधिरहे । जसको परिणाम अहिले दक्षिण कोरियामा दैनिक १५ हजार मान्छेले कोरोना जाँच गराउन थालेका छन् । दक्षिण कोरियाको मोडलबाट प्रभावित भएर विश्व स्वास्थ्य संगठन पनि भन्छ, ‘जाँच,जाँच, जाँच ।’

चीन
कोरोनाको सुरुवात नै चीनमा भयो । त्यसैले चीनमा यसको बढी प्रभाव पर्यो । तर, चीनमा अहिले कोरोना नियन्त्रणमा आइसेकको छ । कोरोना नियन्त्रणमा चीनले सबैभन्दा प्रभावकारी हतियार सावित भयो लक डाउन । संक्रमित र शंकास्पद व्यक्तिको सम्र्पक पहिचान । २३ जनवरीमा ऊहान शहर लक डाउन गर्यो । सार्वजनिक सवारी साधन, रेल, विमान सञ्चालनमा प्रतिबन्ध लगायो । ऊहान शहरबाट बाहिर जान र शहर भित्रिन प्रतिबन्ध लगायो । संसारभरका मानव अधिकारवादीले चीनियाँ कदमको आलोचना गरे ।
तर, विश्व स्वास्थ्य संगठनले भने लक डाउन गर्ने चिनियाँ निर्णयकै कारण ऊहान बाहिर भाइरसको संक्रमण रोकिएको तथ्य प्रस्तुत गर्यो ।

स्वास्थ्य सेवाको केन्द्रीकरण र निःशुल्क जाँच
भाइरससंगको लडाँइ चीनको राष्ट्रिय प्राथमिकता बन्यो । चीनले देशभरको स्वास्थ्य सेवा ऊहानमा केन्द्रित गर्यो । र, चीनको आधुनिक इतिहासमा पहिलोपट सैनिक स्वास्थ्यकर्मीलाई नागरिकको उपचारमा खटाइयो ।

चीनले आफ्नो अद्भुत निर्माण क्षमताको प्रयोग गरेर १ हजार शैयाको एउटा र १६ सय शैयाका एउटा अस्पताल निर्माण गर्यो । विद्यालय, होटल र रंगशालालाई क्वारिन्टाईनमा परिणत गर्यो ।
चीन सरकारको यी कामले संक्रमित व्यक्तिलाई सहज भयो । संक्रमणको आशंका भएका व्यक्तिलाई क्वारिन्टाइनमा राख्न पनि सजिलो भयो । देशभरका अस्पतालको सञ्जाल बनाएर निःशुल्क कोरोना जाँचको व्यवस्था गरियो । वुहान शहरका प्रत्येक गल्लिमा कोरोना जाँच गर्ने क्याम्प स्थापना गरियो । कोरोना संक्रमित सबैको उपचार खर्च सरकारले व्योहोर्यो ।

प्रविधिको उच्चतम प्रयोग
चीचनले देशभरका सडकमा थर्मल क्यामेरा जडान गरियो । जहाँ कुनै पनि व्यक्तिको तापक्रम ३७.२ डिग्रिसेल्सिय भन्दा बढी देखिएका क्वारिन्टाइनमा राखियो । विभिन्न कम्पनीले भीडभाडमा मास्क नलगाएको मानिस पहिचान गर्ने प्रविधि पनि विकास गरे । मास्क नलगाएर हिड्नेलाई समातेर मास्क लगाउन भनियो ।

लक डाउन गरिएको ऊहानमा मात्र होइन कोरोना संक्रमण देखिएका अन्य शहरमा बसोबास गर्ने मान्छेलाई एउटा क्यू आर कोड दिइयो । क्यू आर कोडमा मान्छेको यात्रा विवरण, रोग जस्ता कुराहरु समावेश गरियो । अर्थात मान्छेमाथि अत्याधिक निगरानी राखियो । जसको आधारमा डाक्टरलाई संक्रमण पहिचान गर्न र क्वारिन्टाइनमा पठाउन सहज भयो । सामाजिक सञ्जालमा सकारात्मक समाचार सम्प्रेषणमा जोड दिइयो ।

लक डाउन र मान्छेबीचको दुरी बढाउने काम नै कोरोना नियन्त्रणमा चीनको सबैभन्दा शक्तिशाली हतियार सावित भयो । त्यसैले विश्व स्वास्थ्य संगठन भन्छः मान्छेबिच दूरी घटाउनु नै कोरोना संक्रमण फैलिनबाट रोक्न सकिने एकमात्र उपाय हो । शंका लागेका हरेक मान्छेको जाँच निःशुल्क गर्नुहोस् (अमेरिकामा कोरोना नेगेटिभ भेटिएमा शुल्क लिने गरिएको छ) मान्छेबीच दूरी बढाउनुको विकल्प छैन ।

सिंगापुर
चीनपछि सिंगापुरमा संक्रमण देखिएको थियो । तर सिगांपुरले कोरोना भाइरसलाई सुरुवाती चरणमै नियन्त्रणमा लियो । सिगांपुरमा एकजनाको पनि मृत्यु भएन । विश्व स्वास्थ्य संगठनले पनि सिंगापुरको तरिकाको प्रशंसा गरेको छ ।

सिंगापुरले इन्फ्लुयन्जा एपिडेमिक सिम्युलेशन मोडल अपनाएर कोरोना भाइरस नियन्त्रणमा लियो । यो मोडल अपनाएर सिंगापुरले ज्वरो र खोकी देखिएका र तीनको सम्र्पकमा आएका सबैको जाँच गर्यो । यस्तो लक्षण देखिएकालाई अलग राखियो । परिवारलाई क्वारिन्टिनमा राखियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?