कोरोना: भारतमा ११ जनाको मृत्यु, तामिलनाडुमा १८ संक्रमित

काठमाडौ. । कोरोना भाइरसको कारण भारतमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । त्यस्तै भारतको तामिलनाडु राज्यमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ ।

५४ वर्षीय व्यक्तिलाई गत सोमबार (२३ मार्च) मा कोरोनाको संक्रमण देखिएको थियो।उनप् तमिलनाडुको मदुराईका नागरिक हुन् ।

राजाजी अस्पतालमा उपचारका क्रममा उनको आज विहान मृत्यु भएको तमिलनाडुका स्वास्थ्य कर्मीले जनाएका छन् ।

त्यस्तै तमिलनाडुमा मंगलबारसम्म कोरोनाबाट १८ जना संक्रमित रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?