चितवनमा आज मृत्यु भएका सन्तोष यादवमा कोरोना नभएको पुष्टि

काठमाडौं । चितवनमा आज मृत्यु भएका एक बिरामीलाई कोरोना भाइरस नलागेको पुष्टि भएको छ। उनबाट लिइएको स्याम्पल प्रयोगशालामा परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो ।

चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा मंगलबार बिहान वीरगन्जका सन्तोष यादवको मृत्यु भएको थियो ।

वीरगन्ज निवासी ३० वर्षीय यादवलाई ज्वरो र निमोनिया भएपछि भरतपुरको कोरोना अस्थायी अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको थियो।

आफूहरुलाई प्राप्त रिपोर्ट हेर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।
कोरोनाको आशंकामा यादवको शव सोही अस्पतालमा राखिएको थियो। अब उनको शव परिवारलाई दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?