यी १२ देश जहाँ भयो कोरोनाबाट धेरैको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट मंगलबार अबेरसम्म १७ हजार ४८० जनाको मृत्यु भएको छ । यस्तै अहिलेसम्म कोरोना संक्रमणको केश ४ लाख ९६४ जनामा देखिएको छ ।

यस्तै १ लाख ३ हजार ७५० जना निको भएपनि विश्व त्रसित छ । १२ देशमा अत्यधिक मानवीय क्षति भएको छ ।
जसमा चीन, इटाली, अमेरिका, स्पेन जर्मनी, इरान, फ्रान्स, स्वीट्जरल्याण्ड, दक्षिण कोरिया,बेलायत नेदरल्याण्ड र बेल्जियम रहेका छन् ।

यी देशमा एकभन्दा माथि ६ हजार ७७ जनाा सम्मको ज्यान गएको छ ।

चीनमा ३ हजार २७७ ले ज्यान गुमाउँदा इटालीमा सर्वाधिक ६ हजार ७७ जनाको ज्यान गएको छ । यस्तै स्पेनमा २८ सयको ज्यान जाँदा इरानमा पनि १९ सय ३४ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?