काठमाडौं । कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले देशभर लकडाउनको घोषणा गरेको छ । घोषणाअनुसार सरकारले नागरिकलाई घरभित्रै बस्न अनुरोध गरेको छ ।
नागरिकले यसको पालना पनि गरेका छन् । यही पालना नेकपा नेता जनार्दन शर्मापनि गरे । तर उनलाई सेल्फ क्वारेन्टाइनमा बस्दा पनि मंगलबार दिनभर फूर्सद भने रहेन ।
सेल्फ क्वारेन्टाइनबाटै आफूले विभिन्न व्यक्तिहरुको उद्दार, समन्वय र सहजीकरणको काम गरेको शर्माले बताएका छ्न।
लकडाउनपछि अलपत्र परेका रुकुमका श्रमिकहको उद्दार र सहजीकरण गर्ने काम उनले गरेका छन् । यस्तै किमाथांकाबाट आउँदै गरेका प्राविधिक, दाङबाट घर फर्कदै गरेका कर्मचारीलाई सहयोग र सहजीकरण गर्ने काम गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
यस्तै फिल्मको सुटिङ गर्न गएका कलाकारहरुलाई सुख्खड कैलाली लगायतका स्थानहरुबाट सहजीकरण गरी गन्तव्यमा पुग्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने काम समेत शर्माले गरेका थिए ।
गृहको र आईजीको आदेश समेत हुँदा समेत बुटवलमा एउटा गाडी पनि प्रहरी प्रशासनले भेट्न नसकेको भन्दै उनले पछि भिजन लुम्बिनीका अध्यक्ष जगत पोखरेल मार्फत सहयोग र भिजन लुम्बिनीका यातायातको व्यवस्थापक नारायण गौतमको पहलमा गाडी उपलब्ध भएर बीच बाटोमा अलपत्र परेकाहरुलाई गन्तव्यमा पठाउन सकिएको बताएका छन् ।
यता जोमसोममा अलपत्र परेका आइरिस नागरिक, कावासोतीबाट ३ जना विद्यार्थी र काकडभिट्टाबाट आउँदै गर्दा चितवनमा समस्यामा परेका रोल्पा, दाङ लगायतका व्यक्तिलाई पनि आफूले समन्वय गरेर यात्रा सहज बनाएको शर्माले बताएका छन् ।
शर्मा पूर्वगृहमन्त्री समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया